निशुल्क गन्तव्यसम्म पुर्‍याउन सर्वाेच्चको आदेश

निशुल्क गन्तव्यसम्म पुर्‍याउन सर्वाेच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले लकडाउनको बेला खाने बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर जान थालेका सर्वसाधारणलाई सुरक्षित तरिकाबाट गन्तव्यमा पुर्‍याउन आदेश जारी गरेको छ ।

राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पुर्‍याउन न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले आदेश जारी गरेको हो ।

सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं लगायतका सहरहरुबाट पैदल नै घर फर्किन थालेकाहरुलाई सुरक्षित सुरुमा गन्तव्यमा पुर्‍याउनु राज्यको प्राथमिक दायित्व भएको जनाएको छ ।

यसरी घर फर्किएकाहरुको र्‍यापिड टेष्ट गर्न समेत सर्वाेच्चको आदेशमा उल्लेख छ ।

घर फर्किदै गरेका महिला, बालबालिका, जेष्ठ नागरिक, शारीरिक रुपमा अस्वस्थ व्यक्तिहरुको विशेष सुरक्षा गर्नु पर्ने आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij