बुटवल। कोरोना भाईरस अर्थात कोभिड १९ बाट नृत्यकला क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव परेको भन्दै रुपन्देहीमा संचालित नृत्यकर्मीेहरुले घरबहाल छुटका लागि अपिल गरेका छन । कोभिड १९ बो संक्रमणबाट बँच्न र बचाउन सरकारले लकडाउनको घोषणा गरेसँगै बन्द हुन पुगेका रुपन्देहीका डेढ दर्जन भन्दा बढि नृत्य कला केन्द्रहरु (डान्स सेन्टर)ले संयूक्त रुपमा अपिल जारी गर्दै कम्तिमा १ महिनाको घरबहाल छुट गरिदिन घरबेटीसँग आग्रह गरेका छन ।
कोरोना भाईरसका कारण भाडामा बस्नेहरुलाई थप समस्या परेको ठहर गर्दै नेपाल सरकारले १ महिनाको भाडा नलिनु भन्दै घरधनीसँग अनुरोध गरे पनि सबैले लागु नगरेकोले समस्या उत्पन्न भएको नेपाल नृत्यकर्मी संघ, रुपन्देहीले जनाएको छ । लकडाउनका कारण प्रशिक्षार्थी र प्रशिक्षकको अभावमा बन्द भएका डान्स सेन्टरहरुसँग कम्तिमा १ महिनाको घरभाडा नलिन घरधनीसँग अनुरोध गर्दै नृत्यकर्मी संघ, रुपन्देहीले घरधनीका लागि पनि कम्तिमा १ महिनाको बैंक ब्याज मिनाहा गरिदिनु हुन सरकारसँग माग गरेको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्