भारत लैजाँदै गरेको अवैध मदिरा र ल्याइँदै गरेको सामाग्री सुस्ताका युवाको नियन्त्रणमा

भारत लैजाँदै गरेको अवैध मदिरा र ल्याइँदै गरेको सामाग्री सुस्ताका युवाको नियन्त्रणमा

सुस्ता । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको पक्लिहवा स्थित बलिनगरको नाका हुँदै भारत लैजाँदै गरेको घरेलु मदिरा र नेपाल तर्फ अवैध रुपमा लाइँदै गरेको जिरा, धनिया, मल लगायत सामाग्रीहरु युवाहरुले नियन्त्रणमा लिएका छन् । सुस्ता–५ को बलिनगर युवा क्लब र शिव शक्ति युवा क्लबले त्यी अवैध रपमा ओसारपसार गरेका मदिरासहितका सामाग्री नियन्त्रणमा लिई सिमा सुरक्षाका लागि खटिएको पक्लिहवा सशस्त्र प्रहरी बललाई बुझाएको छ ।

देशमा जारीे लकडाउनको मौका छोपी रातको समयमा नेपाल–भारतको सिमा छेउछाउ बस्ने स्थानीय तस्करहरुले शुक्रबार राती करिब १० बजेको समयमा केरा खेतीको बाटो प्रयोग गरि भारतबाट ५०–५० किलो परिमाणको १ बोरा जिरा, १ बोरा धनिया, १ बोरा भारतीय मल नेपाल तर्फ ल्याउदै गरेको र नेपाल तर्फबाट भारत तिर लैजाँदै गरेको करिब ३ बोरा अर्थात ५ सय लिटर घरेलु मदिरासहित करिब ४० हजार बराबर रकमको सामग्री द्वेव क्लबका टिमले नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल पक्लिहवाका सशस्त्र प्रहरी निरीक्षक जनक भण्डारीलाई बुझाएको हो ।

नियन्त्रणमा लिएको घरेलु मदिरासहित अवैध सामाग्रीहरु महेशपुर भन्सार कार्यालयलाई बुझाइने सशस्त्र प्रहरी निरीक्षक जनक भण्डारीले बतानुभयो । बाक्लो रूपमा सिमामा सुरक्षाकर्मी परिचालन गर्दा पनि तस्करी हुन भने रोकिएको छैन ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij