भैरहवा
सिद्धार्थनगर नगर पालिका देवकोटा चोक ज्योती पथ का स्थानिय सक्रिय युवाहरु ले कोरोना संक्रमणबाट बच्न र बचाउन सरकारले गरेको लकडाउन का कारण भोकै रहेका लाई विगत केही दिन देखी खाना खुलाउदै आइरहेका छन। सिद्धार्थनगर नगर पालिका वडा नम्बर १३ निवासी नेपाल तरुण दल रुपन्देहीका जिल्ला सभापति सोम बहादुर गुरुङ्ग को नेतृत्व मा देवकोटा चोक वरपर खाना बाट बन्चीत रहेका लाई खाना को व्यवस्था गरि रहेका छन । सधै देवकोटा चोक वरपर रहेका लाई मात्र खाना खुवाई रहेको मा शनिबार युनिभर्सल मेडिकल कलेज मा लामो समय देखी उपचार गराई रहेका बिरामी तथा बिरामी का कुरुवाहरु लाई निशुल्क खाना वितरण गरिएको थियो । कलेजमा रहेका १ सय २० तथा कलेज वरपर रहेका ३० गरी १ सय ५० जना लाई निशुल्क खाना खुवाएको स्थानिय समाज सेवी युवा नेता ओम कुमार श्रेष्ठ ले बताउनु भयो ।
कोरोना सक्रमण ले गर्दा अहिले मुलुक मा विगत३२ दिन देखी लकडाउन रहेको छ । अस्पताल मा उपचार का लागी आउने बिरामी का कुरुवा लाई लकडाउन ले गर्दा सबै बन्द भएको ले खाना समस्या भए पछी केही मात्र भए पनी सहयोग हुने हुदा आफुहरु ले खाना को व्यवस्था गरेको नेता गुरुङ्गले बताउनु भयो । निशुल्क खाना व्यवस्थापन का लागी सोम बहादुर गुरुङ्ग, ओम कुमार श्रेष्ठ,काजी गुरुङ्ग, कुशल गुरुङ्ग,जीवन क्षेत्री,प्रदिप जंग शाह ,गंगा गुरुङ्ग,युवराज गुरुङ्ग,संजिव गुरुङ्ग,सानो भाई लगायत २५ जना को सहयोग मा निशुल्क खाना व्यवस्था गरिएको श्रेष्ठ ले बताउनु भयो ।
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्