सरकारविरुद्ध संघर्ष गर्ने तीन विपक्षी पार्टीको निर्णय

सरकारविरुद्ध संघर्ष गर्ने तीन विपक्षी पार्टीको निर्णय

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीनओटा विपक्षी दलले केपी शर्मा ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाको संयक्त बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भइ संघर्ष गर्नुपर्ने बताएका छन् ।

बैठकले सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही अघि बढाउन पनि माग गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यस्तै, बैठकले ‘लकडाउन’को अवधिमा जनताका न्यूनतम् आवश्यकता पूर्ति गर्न तथा अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न ठोस कार्ययोजना ल्याउन पनि सरकार असफल भएको निष्कर्ष पनि निकालेको छ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी रहेका थिए ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

प्रकाशित मिति : सोमबार, बैशाख १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij