छोरा आगलागीमा बितेको नौ दिनपछि घाइते बुवाको हृदयघातले मृत्यु

छोरा आगलागीमा बितेको नौ दिनपछि घाइते बुवाको हृदयघातले मृत्यु

बुटवल
गत वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बजारमा रहेको एक पसलमा भएको आगलागीमा घाइते भएका एक जनाको बुधबार निधन भएको छ।
बाग्लुङको बरेङ गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालको गुल्मीको शान्तिपुर बसपार्कस्थित घरमा आगलागी हुँदा घाइते खनालको बुधबार काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
खाद्यान्न र ग्याँससँगै खुला रूपमा डिजल र पेट्रोलको समेत विक्री वितरण गर्दै आएका खनालको घरमा एक्कासि भएको आगलागीमा परी उनका कान्छो छोरा १६ वर्षीय समिरको सोही दिन घटनास्थलमै मृत्यु भएको थियो।
आगलागीमा पनि खनाल र उनकी श्रीमती रूपा खनाल घाइते भएका थिए।
घाइते दुवै जनाको सोही दिनदेखि नै काठमाडौंमा उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार निधन भएको हो।
आगलागीमा परी जलेको घाउ निको हुँदै गए पनि सोही आगलागीबाट घटनास्थलमै छोराको ज्यान गएपछि विक्षिप्त बन्दै गएका खनालको हृदयघातका कारण ज्यान गएको पारिवारिक स्रोतले बताएको छ।
खनालले लामो समयदेखि शान्तिपुर बसपार्कमा खनाल स्टोर्स सञ्चालन गर्दै आएका थिए।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij