ताप्लेजुङ ।
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आज गएराती भिषण आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो अहिले बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ ।
आगलागीबाट सदरमुकाममा ७ वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
स्थानीय भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगलागी फैलिएर ७ वटा घरसम्म पुगेको थियो । तप्लेजुङ प्रहरीका अनुसार दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
के कारणले आगलागी भएको भन्ने कारण नखुलेको प्रहरीले बताएको छ । अहिले प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।
ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुने गरेको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।
प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्