एनएमबी बैंकद्वारा राहत बितरण

एनएमबी बैंकद्वारा राहत बितरण

 

बुटवल – एनएमबी बैंक पुष्पलालपार्क बुटवलले मानवसेवा आश्रम बुटवललाइ राहत प्रदान गरेकोछ । कोरोना भाइरस (COVID19) को बिश्व महामारीका कारण लकडाउन थपिदै जादा खाद्यान्न जोहो गर्न धौधौ भएकोले आश्रमका करिब १४० जना सयोगापेक्षित ब्यक्तिको दैनिक छाक टार्न राहत बितरण गरिएको हो ।

एनएमबि बैंक बुटवल पुष्पलालपार्कका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले मानवसेवा आश्रम प्रदेश न.५ का संयोजक रुपा केसीलाइ खाद्यसामाग्री सहितको राहत प्रदान गर्नुभएकोथियो । कोरोना महामारीको अवस्थामा कोहिपनि भोकै बस्न नपरोस भन्ने उदेश्यले राहतस्वरुप १७ कट्टा चामल, २० लिटर खानेतेल र २८ केजी रहर/मसुरोको दाल हस्तान्तरण गरिएको शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताउनुभयो ।

बैंकले सामाजीक उत्तरदायित्व र मानविय कार्य अन्तर्गत करिब ३५ हजार रकम बराबरको राहात उपलब्ध गराएको हो । आश्रमको प्रदेश न .५ संयोजक रुपा केसिले जटिल परिस्थितिमा एनएमबी बैंकले गरेको सहयोग प्रति विशेष आभार व्यक्त गर्नुभएकोथियो । कार्यक्रममा मानवसेवा आश्रमको रुपन्देही संयोजक सरु अधिकारी लगायत आश्रमका कर्मचारी एवम् एनएमबी बैंकका कर्मचारी धनबहादुर ठाडाको उपस्तिथि रहेको थियो । एनएमबी बैंकले यसअघि करिब १ करोड एकाउन्न लाख नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ भने ७ ओटै प्रदेश सरकारलाइ सय/सय थान पिपिइ प्रदान गरेको छ । मुलुकभर रहेका विभिन्न शाखाहरुबाट समेत निरन्तर रूपमा खाद्यान्न लगायतका सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij