अबको नीति कार्यक्रम श्रमिकको पक्षमा ल्याउनुपर्छः उपाध्यक्ष गौतम

अबको नीति कार्यक्रम श्रमिकको पक्षमा ल्याउनुपर्छः उपाध्यक्ष गौतम

 

बुटवल- जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारले श्रमिकको पक्षमा नीति तथा कार्यक्रमहरू आउनुपर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी श्रमिक क्षेत्र प्रताडित भएको भन्दै सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०७७÷७८ को नीति कार्यक्रम श्रमिकलाई राहतका कार्यक्रम समावेश गरेर ल्याउनुपर्ने बताए । उनले भने, ‘हाल मुलुकभरि संकटको रुपमा रहेको कोभिड– १९ को महामारीसँग जुध्न सबै पक्षलाई एक ठाउँमा ल्याउन सत्तारुढ दलले गरेको प्रयास र कार्यलाई अझ प्रभावकारी पारदर्शी बनाउने नीति तय गर्न आवश्यक छ ।’ यस्तो बेलामा रोजगारदाताले श्रमिकहरु कटौती गर्न नहुने बताए ।

उनले नेकपाभित्रको अन्तरबिरोधलाई छलफलबाट नै हल गनुपर्ने बताए । उनले भने, ‘पार्टीको एकता कायम रहनुपर्छ । अझ भावनात्मक एकता कायम गर्नुपर्छ त्यसका साथै जनताको बहुदलीय जनबादलाई मार्गदर्शन सिद्दान्तको रुपमा निरन्तरता दिनुपर्छ ।’ गौतमले पार्टीको नीति, विधि र पद्दतिअनुसार नेता कार्यकर्ताहरु परिचालित हुनुपर्नेमा जोड दिए । प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले नेतृत्वको सरकारलाई कमजोर पर्ने कार्य कुनै हालतमा अहिलेको अवस्थामा स्वीकार्य छैन’ गौतमले भने । अनावश्यक कुरा गर्ने, एकले अर्कालाई खुइल्याउने गरी गरिएका गुटबन्दी लगायतका क्रियाकलाप र गतिविधि तत्काल बन्द गर्न गौतमले आग्रह गरे ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij