बुटवल-रुपन्देही जिल्लाका प्रहरीलाई आईतवार मास्क तथा ग्लोप्स सहयोग गरिएको छ । डिउटीमा खटिने सुरक्षाकर्मीलाई केही भएपनी राहत मिलोस भनेर वीमन कियर सोसाइटी रुपन्देहीले जिल्ला प्रहरी कार्यालयलाई एक हजार थान मास्क र ग्लोप्स सहयोग गरेको हो । वीमन केयर सोसाइटीका अध्यक्ष रिता केसीले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापालाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो । सोसाइटीले प्रहरी कार्यालयलाई मास्क र ग्लोप्स ५\५ सय थान सहयोग गरेको हो । सोसाइटीले सहयोग गरेका मास्क र ग्लोप्स डिउटीमा खटिने प्रहरीलाई प्रदान गरीने प्रहरी उपरीक्षक हेम कुमार थापाले जानकारी दिनु भयो ।
प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्