बुटवल –केही दिन अघि भारतले एकतर्फि रुपमा कालापानी क्षेत्रमा पर्ने नेपाली भूमि अतिक्रण गरी सडक विस्तारको बिरोधमा राष्ट्रिय जनमोर्चा पाल्पाले बिरोध प्रदर्शन गरेको छ ।
बुधबार पाल्पा जिल्ला प्रशासन कार् यालय अगाडी बिरोध सभा गरिरहेको बेला प्रहरीले राष्ट्र्यि जजनमोर्चाका नेता सोमकुमार कार्कि सहित आठ जनालाइ गिरफ्तार गरेको छ ।
सभा सम्मेलन र बिरोध गर्न पाउने लोकतान्त्रिक अधिकारमाथि ठाडो हस्तप गरी आफ्नो पार्टिका नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले अभद्र व्यवहारसहित गिरफ्तार गरेको राष्ट्यि जनमोर्चा पाल्पाका सचिव तिलक गाहाले तत्काल विज्ञप्ती निकाली प्रहरी हस्तक्षेपको बिरोध गर्नुभएको छ । प्रहरीले अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे, राजमो पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामि, राजमो जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, महिला संघ केन्द्रिय सदस्य नम{ती सिंजाली, अखिल छैठौं केन्द्रिय सदस्य सुदिप पौडेल, अखिल नेपाल युवक संघपाल्पा जिल्ला कोषाध्यक्ष बिस्नु कुमार नेपाली र अखिल छैठौंका रापस सुमन पौडेललाइ प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको जिल्ला सचिव गाहाले जानकारी गराउनु भएको हो ।
गिरफ्तार राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नेता तथा कार्यकर्ताहरुलाई तत्काल विनासर्त रिहा नगरेर सरकारका विरुद्धभोलीदेखि देशभर आन्दोलन गर्ने सचिव गाहाले बताउनु भएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्