जिल्लाभित्र गाडी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय

जिल्लाभित्र गाडी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय

काठमाडौं
गृहमन्त्रालयले एउटा जिल्ला भित्र गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द गर्ने निर्णय लिएको छ। गृहमन्त्रालयमाआज गृहमन्त्री रामबहादुर थापा ुबादलुको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। गृहका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला भित्र गाडी चलाउन पाउने गरी यसअघि जारी भएका सबै पास रद्द गरिएको जानकारी दिनुभयो।यसअघि जिल्ला बाहिर जाने पास आजदेखि लागू हुने गरि रद्द भइसकेका छन्ु, उहाले भने, ुअब यही शनिबारदेखि लागू हुने गरी जिल्ला भित्र पनि गाडी चलाउने गरी जारी गरिएका सबै पास रद्द गर्ने निर्णय भएको छ।ु यसअघि जिल्ला प्रशासन कार्यालयहरुले विभिन्‍न मितिमा पास जारी गरेका थिए। ती पासको दुरुपयोग भएको गुनासो पनि आएको थियो।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij