बुटवल – पाँच नम्बर प्रदेश सभाको बजेट अधिबेसन आज सुरु हुदैछ । मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादबले प्रदेशको बजेट अधिबेसनको आव्हान गर्नुभएको हो । बुटवल स्थित प्रदेश सभा भवनमा दिउसो १ बजे बजेट अधिबेसन सुरु हुन लागेको हो ।
अधिबेसन आव्हान गरिएको सम्वन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने , अघिल्लो अधिबेसनमा पारित भएर प्रमाणिकरण भएका बिधेयकका बिषयमा जानकारी दिने र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने कार्यसुची रहेको प्रदेश सभाको अर्थ, उद्योग र पर्यटन समितीका सभापति दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रदेश सरकारले सनिबार आर्थिक बर्ष २०७७ । ०७८ को नीति कार्यक्रम पेश गर्नेछ । प्रदेश सभाको आजको बैठकमा २ जना प्रदेश सभा सदस्य भने सहभागि हुन पाउने छैनन । बिहिबार गरिएको आडिटि परीक्षण पोजेटिभ देखिएका कारण उनीहरु क्वारेन्टीनमा छन् ।
परीक्षणका क्रममा २ प्रदेश सभा सदस्य , एकजना प्रदेश सभा सचिवालयका कर्मचारी , सांसदका स्वकिय सचिव र सुरक्षागार्ड गरी ११ जनाको रिर्पोट पोजेटिभ आएको प्रदेश सभा सचिबालयका प्रबक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु सबैको पिसिआरबाट परीक्षण गर्नका लागि स्वाव संकलन गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्