बर्दिया
बर्दिया गेरुवा गाउँपालिकाको एउटा कृषि फर्ममा आगलागी हुँदा एक सय ३१ वटा बाख्रा जलेर मरेका छन् । बाख्रा फर्ममा रहेका एक जना कामदार भने आगोमा जलेर घाइते भएका छन् ।
गेरुवा गाउँपालिका वडा नम्बर ३ भगतपुर गाउँमा रहेको न्यू कालिका कृषि विकास उपज फर्ममा आगलागी हुँदा बाख्रा, खसी, बोका, पाठापाठी गरी एक सय ३१ वटा बाख्रा जलेर मरेको नेपाल बाख्रा पालन व्यवसायी महासङ्घ बर्दिया संयोजक मिनबहादुर थापाले जानकारी दिनुभयो ।
फर्ममा जडान गरेको विद्युत् लाइन सर्ट भइ आगो लागेको र फर्म पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट खोर र बाख्रासमेत गरी झण्डै एक करोड रकम बराबरको क्षति भएको फर्म सञ्चालक विजय चलाउनेको दाबी रहेको बाख्रा पालन व्यवसायी महासङ्घ संयोजक थापाले बताउनुभयो ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्