भैरहवा
नेपाल को विभिन्न स्थान मा रोजगारी को सिलसिला मा रहेका भारतीयनागरिकहरु अलपत्रपरेका छन । नेपालकाविभिन्न स्थानमाकार्यरत भारतीयमजदूरहरु लकडाउनपछि कामबिहीनभएका छन् । उनीहरु स्वदेश फर्कन चाहन्छन् । सीमानाका बेलहियाहुँदै भारतीयहरु पनिभारत फर्किरहेका छन् ।
भारतीयसरकारले एकैपटक आफनानागरिक ल्याउननसक्दाउनीहरु अलपत्र परेको अवस्था छ । त्यसै क्रममा नेपालकाविभिन्न क्षेत्रमाकार्यरत भारतीयनागरिकहरु स्वदेश फर्कन नपाएपछि अहिले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित डण्डा क्षेत्रमा रहेको पर्यटकीय गेट नजिकै र बेलहिया का सडक मै आश्रयस्थलबनाउनबाध्यभएका छन् ।
केहीदिन देखि उनीहरु डण्डा क्षेत्र नजिक बसेको र खाना खानबाट वञ्चितभएको थाहा पाएपछि प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले खानाखुवाउनअगुवाइ गरेका छन् ।केहीदिनपहिले अलपत्रभारतीयनागरिकहरुलाई सिद्धार्थ बसपार्कमा राखेर भारत पठाइएको भएपनिपुनः डण्डा क्षेत्रमाअलपत्रहुने भारतीयनागरिकको संख्या बढेपछि सांसद सन्तोष कुमार पाण्डेय, जनता समाजवादी पार्टीका युवा नेताउज्जवलपोखरेल, नौडिहवा र हर्नैयाकायुवातथा बेलहियाकासमाजसेवीहरुको सहयोगमाउनीहरुलाई निःशल्क खाना खुवाउनथालिएको हो ।नेपालीनागरिकलाई भारतीयनागरिकहरुले खानाखुवाइरहेको अवस्थामाभारतीयहरुलाई पनिभोकै राख्ने अवस्थाहुननदिनखानाखुवाइएको प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले बताए । छिमेकीमित्र राष्ट्र भारतकानागरिकहरुलाई व्यवस्थित ढंगले राखिदिने र खानाखुवाउने कामभइरहेको छ, पाण्डेयले भने । अहिले राष्ट्रियता, कुन देशकानागरिक हुनभन्दापनिमानवताको हिसाबले कुनै पनिमुलुककानागरिकलाई भोकै रहनदिननहुने पाण्डेयको भनाइ छ ।
स्थानीयवासीको सहयोगमा यो भन्दापहिले पनिभारतीयनागरिकलाई खानाखुवाएर स्वदेश पठाइएको र डण्डा क्षेत्रमाभारत जानचाहने नागरिकहरु पर्खेर बसिरहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)कायुवा नेताउज्जवलपोखरेल बताउँछन । बुधबार मात्रै १५ सय बढी लाई खानाखुवाइएको पोखरेलले जानकारी दिए । खानाखुवाउने अभियानमा स्थानीयवासीतथा सामाजिकअगुवाहरुको सहयोग छ, यो कार्यमा प्रदेशसभा सदस्यमाननीय सन्तोष कुमार पाण्डेयले पनि सहयोग गरिरहनुभएको छ, पोखरेलले भने ।उताभारत ले बेलहियानाका मा अलपत्र परेका उत्तर प्रदेश का नागरिकहरु लाई उद्धार गरेर भारत पठाएको छ । भने बिहार, चेन्नई , दरभंगालगायतस्थान ५ सय बढी भारतीयनागरिक सिमानाका मै अलपत्र परेका छन ।
प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्