तिलोत्तमा सुनचाँदी व्यवसायी संघले गर्‍यो १ सय ३ व्यवसायीहरुको कोरोना विमा

तिलोत्तमा सुनचाँदी व्यवसायी संघले गर्‍यो १ सय ३ व्यवसायीहरुको कोरोना विमा

बुटवल-तिलोत्तमा क्षेत्रमा रहेका १ सय ३ जना सुनचाँदी व्यवसायीहरुको एकमुष्ट रुपमा कोरोना बीमा गरिएको छ ।तिलोत्तमा सुनचाँदी व्यवसायी संघ, तिलोत्तमाले हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बिरुद्ध व्यवसायीहरुको सुरक्षाका लागि संघ मार्फत आफ्ना व्यवसायी सदस्यहरुको कोरोना भाईरस (कोभिड–१९)बीमा गराएको संघका अध्यक्ष पप्पु सेन्चुरीले बताउनुभयो । उक्त बिमा शिखर इन्सोरेन्समार्फत कुल १ करोड ३ लाख बराबरको रहेको छ । कोरोना भाइरस {कोभिड–१९} रोगको पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा व्यवसायीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् । विमाको अवधि एक बर्ष रहेको छ । संघले आफ्ना व्यवसायीहरुको स्वाश्थ्य सुरक्षामा ध्यान दिदै कोरोना संक्रमणप्रति सचेत हुन र व्यवसाय सञ्चालनका क्रममा जिवन रक्षाका उपायहरु अवलम्बन गर्न सबै व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले यस अघि पसलहरुमा कार्यरत करिव ६० कारीगडहरुलाई राहत स्वरुप खाद्यान्य वितरण गरेको थियो ।साथै संस्थाले कोरोना महामारीको बिषम परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै  २०७६ चैत्र १७ गते तिलोत्तमा नगरपालिकालाई १ हजार थान मास्क समेत वितरण गरेको थियो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij