बुटवल –रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १० मैनहवास्थित पशुफार्ममा ४० वर्षिय माधव मुसहर र ३७ बर्षिय जानकी मुसहरका दम्पती एवम् ३ जना किशोर – १४ बर्षिय पोखराज मुसहर,१७ बर्षिय करण चौधरी, १७ बर्षिय आशिष चौधरी गरी ५ जनाको एक्कै ठाउँमा बिभत्स हत्या भएको घटना प्रति मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ध्यानाकर्षण भएको जनाएको छ । समाजका सभापति डिपि खनाल र सचीव अर्जुन ज्ञवालीको संयुक्त हस्ताक्षरित बिज्ञप्ती अनुसार कोरोना भाइरसका कारण भएको लकडाउनको अवस्थामा यस्ता अमानवीय एवम् पासविक हत्याका शृङ्खलाले मानिसको बाच्न पाउने नैसर्गिक अधिकार माथि गम्भीर धावा बोलेको छ । यस्ता घटनाको जति घृणा गरेपनि कम हुने बिज्ञप्तीमा उल्लेख्य छ । मानवअधिकार तथा शान्त समाज रुपन्देही यस्ता जघन्य अपराधपुर्ण, अमानवीय एवम् क्रूर पासविक घटनाको घोर निन्दा एवम् भत्सर्ना गरेको साथै ज्यान गुमाउनु हुने सम्पुर्ण मृतकहरु प्रती बिज्ञप्ती मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै शोक शोकसन्तप्त परिवारजनमा हार्दिक संमवेदनाका प्रकट गरेको छ । साथै तिलोत्तमा नगरपालिकामा एकजना वालिकाको बलात्कार भएको घटना, कंचन गाउपालिकामा आफनै बुवाद्वारा एक छोराको हत्या, केहिदिन अगाडि रुकुमको चौरजाहरी तथा रुपन्देहीको देवदह लगायत मुलुकका विभिन्न स्थानमा कथित तल्लोमाथिल्लो जातको विभेदको पराकाष्ठा स्वरुप अमानवीय हत्या लगायतका हिम्स्रक शृङ्खलाहरुको छिटोभन्दा छिटो सत्यतथ्य, निष्पक्ष छानबिन गरि दोषीलाई दण्डित गर्न बिज्ञप्तीमा जोडदार माग गरिएकोछ । बिज्ञप्तीमा तिन तहका सरकार, सुरक्षाकर्मी, सरोकारवालाहरु एवम् स्थानीयस्तरले यस्ता घटनाहरु अब उपरान्त कुनै पनि टोल समाज, समुदायमा नघट्नको लागि आ-आफ्नो ठाउँबाट थप सजगता र सुरक्षा सतर्कता बढाउन आग्रह गर्दैै मुलुकभर घटेका घटनाका पीडितहरुलाइ तत्काल राहत र नियमित जिवनयापनको लागि आवश्यक ब्यवस्थापन एवं न्याय दिलाउन हार्दिक अपिल समेत गरिएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्