काठमाडौं
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गोपालमान श्रेष्ठ, डा प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक लगायतको टोलीले ज्ञापनपत्र बुझाउनुभएको हो।
आज बिहान कांग्रेस नेताहरुले ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको जेठ २६ गतेको केन्द्रीय समिति वैठकले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा असफल भएको निष्कर्ष निकालेको थियो।
सरकारले कोरोना नियन्त्रणमा चालेका कदमहरु असफल भएको भन्दै बैठकले सरकारलाई दर्जन बढी माग राखेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।
क्वारेन्टाइन ब्यवस्थित नभएको, स्वास्थ्य उपकरणको अभाव, पारदर्शितामा सरकार चुकेको लगायतका कांग्रेसको आरोप छ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्