काठमाडौं ।
सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालय सुचारु गर्ने निर्णय गरेकोछ छ । १ गतेदेखि संचालन हुने कार्यालयहरु दुई सिफ्टमा संचालन हुनेछन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा। युवराज खतिवडाले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै दुई सिफ्टमा कार्यालय संचालन गर्नुपर्ने बाध्यता भएको बताए ।
सरकारी मात्र नभएर सबै निजी कार्यालय एवं बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु समेत बिहान ८ बजेटदेखि साँझ ६ बजेसम्म संचालन गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।जसअनुसार अब कार्यालयहरु पहिलो सिफ्टमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुनेछन् भने दोस्रो सिफ्टका कार्यालयहरु १ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछन् ।
गत चैत्र ११ गते लकडाउन सुरुभएदेखि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द रहँदै आएका थिए ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्