बुटवल रुपन्देहीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ९ को भित्री बाटोमा मोटरसाईकलको ठक्करबाट घाईते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षिय दिलमान राईलाई ठक्कर दिदा उनी घाईते भएका थिए ।
घाईते राईको उपचारको क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्