काठमाण्डौ –विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ८८ हजार ९ सय कोरोना संक्रमित फेलापरेसँगै संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ४ सय ७८ पुगेको हो ।
कोरोना विश्वको २१३ देशका फैलिएको छ । वल्डोमिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा १ हजार एकसय ११ जनाले ज्यान गुमाएका छन । यो सँगै मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८ सय ५६ पुगेको छ ।
कोरोना संक्रमित मध्ये ६४ लाख ३० हजार कोरोना संक्रमण मुक्त भएका छन । ४४ लाख ८ हजार उपचार गराइरहेका छन ।
प्रकाशित मिति : आइतबार, असार २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्