पोखरा– गण्डकी प्रदेशमा बिहीबार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार दिउँसो थप दुई महिलासहित २० जनामा संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २० जनामा कोरोना देखिएको हो ।
मन्त्रालयका अनुसार तनहुँका एकजना, म्याग्दी र बाग्लुङका समान दुई–दुई जना, नवलपरासीका ४ जना लमजुङका ५ जना, गोरखाका २ जना र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, असार २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]