भारतमा संक्रमित संख्या १५ लाख नजिक

भारतमा संक्रमित संख्या १५ लाख नजिक

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या १५ लाख नजिक पुगेको छ ।

एकै दिन ४६ हजार चार सय ८४ जना नयाँ बिरामी थपिएसँगै भारतमा संक्रमितको संख्या १४ लाख ८२ हजार पाँच सय तीन पुगेको हो ।

नौ लाख ५३ हजार एक सय ८९ जना उपचारपछि निको भएका छन् ।

चार लाख ९५ हजार आठ सय ६६ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

हालसम्म भारतमा कोरोनाका कारण ३३ हजार चार सय ४८ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख ५० हजार चार सय चार जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ५९ हजार पाँच सय ३८ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ४४ लाख ३१ हजार तीन सय ७७ पुगेको छ ।

२१ लाख ४७ हजार तीन सय ९१ जना उपचाररत रहेकोमा १९ हजार एक सय ४६ जनाको अवस्था गम्भीर छ ।

२१ लाख ३३ हजार पाँच सय ८२ जना उपचारबाट निको भएका छन् ।

प्रभावित हुनेमध्ये दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म कोरोनाका कारण ८७ हजार छ सय ७९ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित संख्या २४ लाख ४३ हजार चार सय ८० पुगेको छ ।

छ लाख ८८ हजार एक सय ३४ जना उपचारर छन् । संक्रमित मध्ये अरु उपचारपछि निको भई घर फर्किएका छन् ।

आठ हजार तीन सय १८ को अवस्था चिन्ताजनक छ ।

विभिन्न मुलुकमा संक्रमित हुने र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढीरहेको छ ।

विश्वमा हालसम्म एक करोड ६६ लाख २८ हजार ३७ संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै दुई लाख १० हजार चार सय १३ जना नयाँ बिरामी थपिएका छन् ।

छ लाख ५५ हजार आठ सय ४५ जनाले ज्यान गुमाइसकेको वाल्डोमिटरले जनाएको छ ।

एक करोड दुई लाख १७ हजार दुई सय ८९ जना उपचारपछि निको भएका छन् ।

५७ लाख ५४ हजार नौ सय तीन जना उपचाररत छन् । ६६ हजार छ सय सात जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij