देवदहमा बुधबार देखि लकडाउन

देवदहमा बुधबार देखि लकडाउन

बुटवल -रुपन्देहीको देवदहमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि लकडाउनको घोषणा गरीएको छ । मंगलबार गरीमा बिकास बैकको खैरेनी शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण भएपछि नगरपालिकामा वसेको आकस्मिक बैठकले मंगलबार राती १२ बजे देखि लागु हुने गरी अर्को सुचना प्रकाशन नभए सम्म लकडाउन गर्ने निर्णय गरेको देवदह नगरपालिकाका प्रमुख  हिरा बहादुर खत्रीले जानकारी दिनुभयो । प्रमुख खत्रीका अनुसार बुधबार देखि पैदल यात्रु र साईकल यात्रुलाई समेत रोक लगाइनेछ । अत्यावश्यक सेवा दमकल, सव वाहन, एम्बुलेन्स प्रेस, पेट्रोल पम्प, अस्पताल बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुनेछ । नगरपालिकाको निर्णय नमाने कडा कारबाही  गरीने उहाँ ले बताउनुभयो ।

बैठकले संक्रमितले उपचार गराएको अरुण मेडिकल हल, आर्यन प्याथोलोजीलाई सिल गर्ने, संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्ने र बैकका कर्मचारीलाई क्वारेनटाइनमा राख्ने पनि निर्णय गरेको छ । बैंककी शाखा प्रमुख कबिता शर्माका अनुसार कोरोना संक्रमण देखिएका कर्मचारी ५ दिन देखि रुघा र ज्वरो आएपछि बिदामा बसेका थिए । बैंकको लोन शाखामा कार्यरत उनी आफैँ सोमबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गएर कोरोना परीक्षण गराएका थिए । देवदहमा यस अघि विदेशबाट आएर क्वारेनटाइनमा बसेकाहरुमा मात्रै कोरोना संक्रमण देखिएको थियो । बैकका कर्मचारीमा कोरोना देखिए संगै समुदाय स्तरमा पनि कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij