अमेरिकामा संक्रमित ५० लाख नजिक

अमेरिकामा संक्रमित ५० लाख नजिक

आफूलाई विश्वको शक्तिसाली मुलुक भनेर चिनाउने अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नजिक पुगिसकेको छ ।

विश्वमै सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित मुलुक अमेरिकामा संक्रमित संख्या ४९ लाख १८ हजार ६३ पुगेको हो ।

त्यहाँ एकै दिन ५४ हजार एक सय ४७ जनामा संक्रमण देखियो ।

कोरोनाका कारण एक लाख ६० हजार दुई सय ७२ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमण भएर मृत्यु हुनेको संख्या पनि अरु मुलुकभन्दा अमेरिकामै बढी छ ।

२४ लाख ८१ हजार ७३ जना उपचारपछि निको भएका छन् । २२ लाख ७६ हजार सात सय १८ जना उपचाररत रहेकोमा १८ हजार चार सय सात जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण दोस्रो प्रभावित मुलुक ब्राजिलमा हालसम्म २८ लाख आठ हजार ७६ जनामा भाइरस संक्रमण देखिइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५६ हजार चार सय ११ जना नयाँ बिरामी थपिएका छन् । ज्यान गुमाउनेको संख्या ९६ हजार ९६ पुगिसकेको छ ।

सात लाख ४१ हजार दुई सय १३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ को अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारत विश्वमा संक्रमित हुनेमध्ये तेस्रो नम्बरमा पर्छ । हालसम्म त्यहाँ १९ लाख छ हजार छ सय १३ जनामा संक्रमण फैलिएको छ ।

एकै दिन ५१ हजार दुई सय ८२ जना नयाँ बिरामी थपिएको वाल्डोमिटरले जनाएको छ ।

कोरोनाकै कारण ३९ हजार आठ सय २० जनाको मृत्यु भइसकेको छ । १२ लाख ८१ हजार छ सय ६० जना उपचारपछि निको भएका छन् ।

पाँच लाख ८५ हजार एक सय ३३ जना उपचार गराइरहेका छन् । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था नाजुुक छ ।

विभिन्न मुलुकमा संक्रमण फैलने क्रम तीव्र हुँदा विश्वमा संक्रमित संख्या एक करोड ८६ लाख ८३ हजार एक सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ४५ हजार सात सय २२ जना नयाँ बिरामी थपिएका छन् ।

एकै दिन छ हजार ८४ जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या सात लाख तीन हजार एक सय ३१ पुगेको छ । एक करोड १९ लाख दुई हजार नौ सय ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

६० लाख ७७ हजार ३६ जना उपचारररत रहेकोमा ६५ हजार चार सय ३६ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : बुधबार, साउन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij