थुनुवासहित चितवन प्रहरीका तीनजनामा संक्रमण

थुनुवासहित चितवन प्रहरीका तीनजनामा संक्रमण

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनका दुई प्रहरी र एक थुनुवामा कोरोना संक्रमण देखिएको छ । चितवन प्रहरीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा १२ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

भरतपुर अस्पतालमा शनिबार गरिएको परीक्षणबाट इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत एक, जिल्ला ट्राफिक कार्यालय (चितवन)मा एक र जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

इलाका प्रहरी कार्यालय (टाडी) का ती प्रहरी बिदाबाट फर्किएर आएको र क्वारेन्टिनमै रहेका बेला कोरोना संक्रमण पुष्टि भएको हो ।

हिरासतमा रहेका सबैको तत्काल पीसीआर परीक्षण गरिने चितवन प्रहरीले जनाएको छ ।

हिरासतमा रहेकाहरुसँग कानुन व्यवसायी र परिवारका सदस्यबाहेक अन्यलाई भेटघाट गर्न प्रतिबन्ध लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : आइतबार, साउन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij