रुपन्देहीको तिलोत्तमामा भदौ १० सम्म लकडाउन

रुपन्देहीको तिलोत्तमामा भदौ १० सम्म लकडाउन

तिलोत्तमा-रुपन्देहिको तिलोत्तमा नगरपालिकामा एक हप्ता पूर्णलकडाउन घोषणा गरिएको छ । नगरपालिकाको बैठकले भदौ ३ गते बेलुका ७ बजे देखि भदौ १० गते सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उद्योग–व्यापार संगठनका प्रतिनिधिहरुको समेत उपस्थितिमा भदौ २ गते बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को बैठकले एक हप्ता पूर्णलकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

लकडाउन अवधिमा अवधिमा दुग्ध डेरी÷डिपो बिहान ६ देखि ८ बजेसम्म बाहेक सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सम्पूर्ण सवारीसाधन तथा साइकल सञ्चालन समेत पूर्णतः बन्द गरिएको नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

नगरभित्र ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २८ जना आइसुलेशनमा छन भने ३६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij