बुटवलमा कोरोना संक्रमितको संख्या ९५ पुग्यो

बुटवलमा कोरोना संक्रमितको संख्या ९५ पुग्यो

वडा न. ११ मा मात्रै ३३ जना

बुटवल – बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ९५ पुगेको छ । पछिल्लो एक सातामा कोरोना संक्रमणको दर दैनिक बढ्दोक्रममा छ । मंगलबार ३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ९५ पुगेको हो । जसमध्ये सक्रिय कोरोना संक्रमितको संख्या ६६ जना छन ।

मंगलबार बुटवल वडा न. ११ का ३२ र २० बर्षिय दुई जना महिला छन । यस्तै वडा न. १२ मा २६ बर्षका एक जना पुरुष रहेको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढि कोरोना संक्रमित वडा न. ११ मा रहेका छन । जहाँ मंगलबारसम्म ३३ जनामा कोरोना संक्रमण देखिएको छ । बुटवल उपमहानगरका १९ वडामध्ये वडा न. ७, १५ र १८ मा कोरोनामुक्त छन् । बुटवल उपमहानगरको तथ्यांक अनुसार वडागत रुपमा संक्रमितको संख्या यसप्रकार छ।

बुटवलको वडागत संक्रमित संख्या

वडा न. ११ – ३३

वडा न. १३ – १७

वडा न. १० – ९

वडा न. १ – २

वडा न. २- २

वडा न. ३- १

वडा न. ४- २

वडा न. ५ – ३

वडा न. ६ – ८

वडा न. ७ -०

वडा न. ८- ६

वडा न. ९ -१

वडा न. १२- २

वडा न. १४ – २

वडा न. १५- ०

वडा न. १६ – १

वडा न. १७ – २

वडा न. १८ – ०

वडा न. १९ – १

प्रकाशित मिति : मंगलबार, भाद्र २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij