बुटवल-बुटवलको कोरोना विशेष अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।बुटवल धागो कारखनामा रहेको कोरोना विशेष अस्पतालको आइसियूमा रहेका उनको मृत्यु भएको अस्पतालको कोरोना फोकल पर्सन डा। सुर्दशन थापाले बताए ।
प्युठान स्वर्गद्धारी– ७ का ती पुरुषको आइसियूमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । डा। सुर्दशन थापाका अनुसार साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । भारतबाट रोजगारी गरेर फर्किएका उनि नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो । कोरोना बिशेष अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो ।
प्रतिक्रिया दिनुहोस्