लोकतन्त्रलाई सिंगारेर मात्र हुदैन : कांग्रेसका केन्द्रिय सदस्य गिरी

लोकतन्त्रलाई सिंगारेर मात्र हुदैन : कांग्रेसका केन्द्रिय सदस्य गिरी

दाङ
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दिपक गिरीले लोकतन्त्रलाई सिंगारेर मात्र नहुने बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र प्रदेश नम्बर ५ को संयोजनमा शनिवार भएको नेपाली कांग्रेस पुनःजागरण अभियानः वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधारित संगठन विषयक जुम छलफलमा केन्द्रिय सदस्य गिरीले व्यवहारिक कार्यान्वयनले मात्र लोकतन्त्रको उचित अभ्यास हुन सक्ने बताउनुभयो । पार्टीभित्र आन्तरिक लोकतन्त्रको समयानुकुल अभ्यास हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै गिरीले भन्नुभयो,“यसलाई सिंगारेर मात्र हुँदैन, भित्र खोक्रो भएर केही अर्थ छैन, जबसम्म भित्र पनि भरिपूर्ण हुन्छ अनि मात्र पार्टी फस्टाउँछ ।” पार्टीभित्रको गुटको असरले ठूलो क्षति भइरहेको भन्दै उहाँले पार्टीका भ्रातृ र शुभेच्छुक संगठनहरुमा टिका लगाएर नेतृत्व ल्याउने प्रबृत्तिले क्षयीकण भइरहेको टिप्पणी गर्नुभयो । केन्द्रिय सदस्य गिरीले अदुरदर्शी र समय परिस्थिति अनुसार चल्न नसक्ने नेतृत्वका कारण कांग्रेस कमजोर बनिरहेको बताउँदै अब सक्षम र जुझारु नेतृत्वले मात्र कांग्रेस हाँक्न सक्ने स्पष्ट पार्नुभयो । विधान पद्धति मिचेर पार्टीभित्र गलत प्रबृत्ति मालाउँदै गएको भन्दै उहाँले भन्नुभयो, “कार्यकताले गाउँगाउँमा चिन्ता गरिरहेका छन्, सबैको एउटै भनाई छ–कुनै कुरा विधिले चलिरहेको छैन ।” अर्का केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले कम्युनिष्टहरुको छाडापन रोक्न कांग्रेसले केही गर्न नसक्नु निरिहता भएको भन्दै अबको नेतृत्व कस्तो आउनुपर्छ भन्ने विषयमा गहन बहस चलाउन जरुरी रहेको बताउनुभयो । “यही नेतृत्व सही छ या अब नयाँ नेतृत्व आउनुपर्छ भन्ने विषयमा प्राज्ञिक बहस चलाउन जरुरी छ, के कारणले विश्वभर झण्डै सकिएका कम्युनिष्ट नेपालमा फस्टाए भन्ने विषयमा कांगे्रसले गम्भीर ढंगले सोच्न आवश्यक छ,” डा.भण्डारीले भन्नुभयो,“अधिनायकबादी शैलीमा अगाडि बढेको कम्युनिष्ट सरकारलाई हामीले किन काउण्टर दिन सकिरहेका छैनौं, गम्भीर समीक्षा हुन जरुरी छ ।” कोरोना महामारीका बेला पनि कम्युनिष्ट सरकारले केही गर्न नसकेर किंकर्तव्यविमुढ बनेको टिप्पणी गर्दै उहाँले बरु उल्टै भ्रष्टाचारमा चुर्लम्म डुबेको बताउनुभयो । केन्द्रिय सदस्य पुष्पा भुषालले अब माथिल्लो तहदेखि तल्लो तहसम्म सही स्कुलिङले मात्र कांग्रेसको पुनर्जागरण सम्भव भएको बताउँदै बैचारिक र नीतिगत विषयमा गहन छलफल गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्यानुभयो । पूर्व केन्द्रिय सदस्य दिपकुमार उपाध्यायले ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नसक्ने प्रबृत्तिले कांग्रेसलाई गाँजेको बताउनुभयो । विवेक प्रयोग गरेर सही समयमा सही निर्णय लिन सक्ने नेतृत्व जरुरी रहेको उहाँको भनाई छ । विधानको आफूखुसी व्याख्या गर्दा समस्या निम्तिएको भन्दै उहाँले नेतृत्वको अकर्मण्यताले कांग्रेस गम्भीर मोडमा पुगेको टिप्पणी गर्नुभयो । राष्ट्रियसभाकी सचेतक अनिता देवकोटाले पार्टीलाई नयाँ जीवन दिन नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताउनुभयो । जुम छलफलमा प्रतिनिधिसभा सदस्य विमला नेपाली, विर बहादुर राना, पूर्व राज्यमन्त्री अब्दुल रज्जाक, प्रदेश सांसद् अष्टभुजा पाठक लगायतले धारणा राख्नुभएको थियो । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र प्रदेश ५ का संयोजक महेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा भएको छलफलमा केन्द्रिय अध्यक्ष डा।कमल रिजाल, सल्लाहकार डा.मुक्तिराम श्रेष्ठ, १२ वटै जिल्लाका संयोजक लगायतले धारणा राख्नुभएको थियो । प्रदेश ५ का सचिव कृष्ण पंगेनीले सञ्चालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन केन्द्रका केन्द्रिय सदस्य विपुल पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij