बुटवल-रुपन्देहीमा कोरोना भाइरस संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरी बच्चा जन्माइएको छ ।
बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही सिद्धार्थनगरपालिकाकी २२ वर्षीया गर्भवतीको सफल शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।
अस्पतालका सर्जन डा. विष्णु गौतमको नेतृत्वमा शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।
अस्पतालका सूचना अधिकारीसमेत रहेका डा. गौतमले बच्चा र आमालाई लुम्बिनी प्रादेशिक अस्पतालमै उपचारका लागि राखिने र आमाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने जानकारी दिए ।
उनका अनुसार बच्चाको पनि पीसीआर परीक्षण गरिनेछ । भीम अस्पताल भैरहवाले रिफर गरेर बुटवल आएकी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।
प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्