तिलोत्तमा, रुपन्देही तिलोत्तमा नगरपालिका अन्तर्गत विद्यालय केन्द्रित HVP खोप अभियान सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नगरपालिका अन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्राहरूलाई लक्षित गरी सञ्चालन हुन लागेको अभियानमा १ हजार ५ सय ६३ जना छात्रालाई ज्एख् खोप प्रदान गर्ने योजना रहेको छ।
अभियानलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, खोप समन्वय समिति तथा स्वास्थ्य संस्था प्रमुखहरूसँग अभिमुखीकरण सम्पन्न भइसकेको छ।
यसैगरी कार्यक्रमको प्रभावकारिता थप बढाउन वडास्तरीय अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।नगरपालिका अन्तर्गतका १६ वटा वडा र १७ वटा स्वास्थ्य संस्थामार्फत ५३ वटा खोप केन्द्र सञ्चालन गरिनेछ। अभियानमा ७० जना स्वास्थ्यकर्मी परिचालन गरिने र १२ गतेदेखि १५ गतेसम्म लक्षित छात्राहरूलाई HVP खोप प्रदान गरिने योजना रहेको छ।
खोप कार्यक्रमलाई सुरक्षित र प्रभावकारी बनाउन खोपपश्चात् देखिन सक्ने प्रतिकूल घटनाको व्यवस्थापनका लागि डा. प्रतिमा बस्यालको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन टोली तयार गरिएको छ।
साथै, आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा तथा रेफरलको व्यवस्था गर्न अभियान अवधिभर २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने व्यवस्था गरिएको जनस्वास्थ्य अधिकृत केशब भट्टराईले बताउनुभयो।
HVP खोप अभियानले महिलामा हुने पाठेघरको मुखको क्यान्सर को जोखिम घटाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। ज्एख् संक्रमण पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रमुख जोखिममध्ये एक भएकाले किशोरावस्थामै लक्षित समूहलाई HVP विरुद्धको खोप प्रदान गर्नु दीर्घकालीन रूपमा महिलाको स्वास्थ्य संरक्षणका लागि महत्वपूर्ण मानिन्छ।
नगरपालिकाले विद्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्वास्थ्यकर्मीबीचको समन्वयलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गर्ने जनाएको छ। लक्षित सबै छात्रालाई खोपको पहुँचमा ल्याई अभियानलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्य रहेको छ।
“किशोरीको स्वास्थ्य सुरक्षा, पाठेघरको मुखको क्यान्सर रोकथाममा हाम्रो साझा प्रतिबद्धता” भन्ने मूल नाराका साथ सञ्चालन हुने यस अभियानले भविष्यमा पाठेघरको मुखको क्यान्सरको भार न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
प्रकाशित मिति : आइतबार, असोज ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्