बिराटनगर । प्रदेश १ सरकारले मोरङको बिराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय गरेको छ ।
प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।
विहीबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र तत्काल निर्माण गरिने बताए । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन गरिनेछ ।
बैठकले प्रदेश १ भित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यू आदिलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएका स्थानमा मात्र सिल गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्