रुपन्देहीमा थप तीन जनाको कोरोनाबाट मृत्यु

रुपन्देहीमा थप तीन जनाको कोरोनाबाट मृत्यु

बुटवल-रुपन्देहीमा शुक्रबार थप तीन जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ निवासी ६४ वर्षीया महिलाको मृत्यु भएको गौतम बुद्ध अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा आज बिहान ८.४५ बजे उनको मृत्यु भएको हो ।

यसैगरी स्वास्थ्य कार्यालय रुपन्देहीले होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको पनि आजै मृत्यु भएको जनाएको छ ।

मिर्गौलाले काम नगरेपछि चितवनमा डाइलोसिस गरेर फर्किएका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना भेक्टर कन्टोल निरीक्षक केदारनाथ साहले बताउनुभयो ।

त्यस्तै आज बिहान बुटवलको कोरोना विशेष अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij