JanataToday.com

Advertisment

SKIP THIS

विश्वमा आठ लाख ९६ हजार बढी संक्रमितको मृत्यु

विश्वमा आठ लाख ९६ हजार बढी संक्रमितको मृत्यु

विश्वमा हालसम्म आठ लाख ९६ हजार बढी कोरोना भाइरस संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार छ सय ६६ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख ९६ हजार तीन सय ७४ पुगेको हो । विश्वमा हालसम्म दुई करोड ७४ लाख ७६ हजार नौ सय २० जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन एक लाख ९३ हजार आठ सय ६६ जना नयाँ संक्रमित थपिए ।

एक करोड ९५ लाख ६९ हजार नौ सय ९३ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । ७० लाख १० हजार पाँच सय ५३ जना उपचाररत रहेकोमा ६० हजार तीन सय ३१ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ९३ हजार पाँच सय ११ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा दुई सय ६३ जनाले ज्यान गुमाए । हालसम्म ६४ लाख ८५ हजार चार सय २६ जनामा संक्रमण पुष्टि भइसकेको छ । एक दिनमा २५ हजार एक सय ७६ जना नयाँ बिरामी थपिए ।

३७ लाख ५७ हजार आठ सय ७४ जना उपचारपछि निको भएका छन् । २५ लाख ३४ हजार ४१ जना उपचाररत रहेकोमा १४ हजार पाँच सय ८९ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाका कारण हालसम्म ७२ हजार आठ सय १६ जनाको मृत्यु भइसकेको छ । एकै दिन एक हजार एक सय २९ जनाले ज्यान गुमाए । हालसम्म ४२ लाख ७७ हजार पाँच सय ८४ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार २२ जना नयाँ बिरामी थपिए ।

३३ लाख २१ हजार चार सय २० जना उपचारपछि घर फर्किएका छन् । आठ लाख ८३ हजार तीन सय ४८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा एक लाख २७ हजार एक जना संक्रमितको हालसम्म मृत्यु भइसकेको छ । एकै दिन तीन सय १५ जनाको ज्यान गयो । हालसम्म ब्राजिलमा ४१ लाख ४७ हजार सात सय ९४ जनामा संक्रमण देखिइसकेको छ । पछिल्लो २४ घण्टामा १० हजार एक सय ८८ जनामा संक्रमण पुष्टि भयो ।

३३ लाख ५५ हजार पाँच सय ६४ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ६५ हजार दुई सय २९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij