बुटवलमा ५ सहित रुपन्देहीमा थपिए १९ संक्रमित

बुटवलमा ५ सहित रुपन्देहीमा थपिए १९ संक्रमित

रुपन्देहीमा कोरोना संक्रमितको संख्या १३४८ पुग्यो

बुटवल –रुपन्देहीमा मंगलबार थप १९ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा १५ पुरुष र ४ महिला गरि १९ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ । मंगलबार बुटवल उपमाहानगरपालिकामा ३ पुरुष र २ महिला गरि ५ जना संक्रमित भएका छन ।

यस्तै सिद्धार्थनगर नगरपालिकामा ३ पुरुष , सैनामैना नगरपालिकामा १ पुरुष , तिलोत्तमा नगरपालिकामा २ महिला र २ पुरुष गरि ४ जना , ओमसतिया गाउँपालिकामा १ जना , रोहिणी गाउँपालिकामा ५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।

जिल्लामा अहिलेसम्म ६ सय ५८ निको भएका छन भने ६ सय ७६ जना संक्रिय संक्रमित रहेका छन । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij