बुटवल-बुटवलको कोरोना विशेष अस्पतलामा उपचारत नवलपरासीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचारत पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका ५ का ५५ बर्षे पुरुषको आज मृत्यु भएको हो ।
भदौ १९ गते देखि कोभिड अस्पतालको आयसीयुमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । डा गौतमका अनुसार उनलाइ मधुमेह,उच्चरक्त चाप र कलेजोको समस्या थियो । यससंगै नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्