बुटवल-रुपन्देहीमा शुक्रबार बुटवलमा ४६ सहित ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जसमध्ये ५० जना पुरुष र ३३ जना महिला हुन्।शुक्रबार थपिएकामध्ये सबैभन्दा बढी बुटवलका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबारको तथ्यांकसँगै रुपन्देहीमा संक्रमितको संख्या १५०४ पुगेको छ। जसमध्ये ६९७ जना सक्रिय संक्रमित हुन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा २० महिला र २६ पुरुष गरी ४६ जना संक्रमित थपिएका छन् । यस्तै सिद्धार्थनगर नगरपालिकामा २२ जना, तिलोत्तमा नगरपालिकामा ७ जना, मायादेवी गाउँपालिकामा २ जना, देवदह नगरपालिकामा, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सुद्धोधन गाउँपालिका, कोटाहीमाई गाउँपालिका, कञ्चन गाउँपालिकामा १÷१ जना संक्रमित थपिएका छन् ।
रुपन्देहीमा शुक्रबारसम्म ७९३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्