एसिड आक्रमण गर्नेका लागि कडा कानुन ल्याउने नेपाल सरकारकाे निर्णयकाे बलिउड अभिनेता अमिताभ बच्चनले स्वागत गरेका छन् ।
केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कारीलाई कडा कारवाही हुने गरी छुट्टै ऐन निर्माण गर्ने बताएका थिए ।
बच्चनले अभियन्ता उज्जवल थापाको प्रशंसा गर्दै नेपाललाई नयाँ कानुन ल्याउन लागेकोमा बधाई दिएका हुन । सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एसिड पीडितका लागि थापाले गरेको पहलको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाहरूमा परेका १२ जनासँगको छलफल पछि अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न नयाँ कानुन बनाउने बताएका थिए ।
प्रकाशित मिति : सोमबार, भाद्र २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]