चुनाव प्रचारमा जान अस्ट्रेलियाका प्रधानमन्त्रीले क्वारेन्टाइनमा बस्नुपर्ने

चुनाव प्रचारमा जान अस्ट्रेलियाका प्रधानमन्त्रीले क्वारेन्टाइनमा बस्नुपर्ने

अस्ट्रेलिया-कोरोना महामारीका कारण सीमा प्रतिबन्ध लगाइएसँगै अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा प्रधानमन्त्री स्कट मोरिसन जान चाहेमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।

यो राज्यमा आगामी अक्टोबर ३१ तारिखमा निर्वाचन हुँदैछ । वर्तमान व्यवस्थाअन्तर्गत प्रधानमन्त्रीसहित अरु नेता चुनाव प्रचारप्रसारका लागि क्वीन्सल्याण्डमा जान चाहेमा कम्तीमा दुई साता क्वारेन्टाइन्मा बस्नु पर्ने नियम बनाइएको छ । दुई हजार आठ सय अस्ट्रेलियन डलर पनि अनिवार्य रूपमा तिर्नुपर्नेछ। जसका कारण राज्य चुनावको प्रचारप्रसारका लागि भाग लिन कठिनाइ उत्पन्न हुने भएको छ । राज्य प्रिमियरबाट चुनावअघि सो प्रतिबन्ध हटाउने कुनै सङ्केत मिलेको छैन ।

क्वीन्सल्याण्ड राज्यमा गत जुलाई १० तारिखदेखि कोरोना ‘हटस्पट’ अर्थात प्रभावित क्षेत्रहरू मानिएका ठाउँबाट आउन प्रतिबन्ध लागू गरिएको छ । क्वीन्सल्याण्ड राज्यमा प्रतिबन्धलाई हटाउने वा कायम राख्ने बारेमा हरेक महिनाको अन्त्यमा विज्ञहरुसँग छलफलपछि हुँदै आएको छ ।

प्रतिबन्ध लागु भएसँगै केही मानिसहरूले नेताहरूलाई देशभित्रै कामका शिलशिलामा जानका लागि प्रतिबन्ध लगाउन नहुने तर्क समेत पेश गरेका छन् । तर प्रधानमन्त्री मोरिसनले हालसम्म आफूले क्वीन्सल्याण्ड राज्यको भ्रमण गर्ने कुनै योजना नरहेको प्रष्ट पारिसकेका छन् ।

उनले आफूमा पनि साधारण मानिस जस्तै नियम लागू हुनुपर्ने धारणा राखेका छन् । क्वीन्सल्याण्ड राज्यको स्वास्थ्य विभागका अनुसार सो राज्यको सीमा न्यूसाउथवेल्स, भिक्टोरिया र क्यानबेराका बासिन्दाका लागि लगातार २८ दिनसम्म सामुदायिक सङ्क्रमण शून्य नहुञ्जेलसम्म बन्द हुनेछ ।

भिक्टोरियामा कोरोनाका कारण आठ जनाको मृत्यु भइसकेको छ । एक दिनमा २८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । संक्रमित थपिएको यो संख्या गत १३ साताकोभन्दा कम हो ।

सङ्क्रमितहरूको सङ्ख्या घटिरहे पनि राज्यका प्रिमियर डेनियल एन्ड्रूजले लकडाउनलाई तत्काल खोल्न धेरै छिटो हुने र आगामी ११ दिनसम्म कोरोनाको स्थितिले कस्तो मोड लिन्छ भनेर हेर्नुपर्ने कुरा बताएका थिए+

प्रकाशित मिति : बिहिबार, असोज १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij