बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले मौसममा सुधार आउने भएको हो। मौसमविद् बरुण पौडेलले भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र र नेपालमा मनसुन सक्रिय गराउने वायु दुई दिनपछि कमजोर हुने बताए। ‘अहिलेको मौसमी प्रभाव शुक्रबार दिनभर रहन्छ। तर, शनिबारदेखि सुदूरपश्चिमबाट क्रमशः मौसममा सुधार आउँछ’, मौसमविद् पौडेलले भने, ‘धेरै ठाउँमा निरन्तर वर्षाको प्रभाव घट्दै जान्छ।’
पश्चिमी वायु सक्रिय भई पूर्वी वायुलाई धकेल्ने अवस्था बनेपछि मात्रै मनसुन अन्त्य हुन्छ। तर, यसपटक मनसुन सकिन अझै केही समय कुर्नुपर्ने पौडेलको भनाइ छ। उनका अनुसार आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुनेछ। त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधि विश्लेषणपश्चात मात्रै मनसुन बर्हिगमन हुने अवधि तोक्न सकिने उनको भनाइ छ।
विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्मलाई नेपालको ‘मनसुनी क्यालेन्डर’ तय गरेको छ। तर एक दशकयताको मनसुन अक्टोबरमा मात्रै अन्त्य भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ। मनसुन अवधि असोजभर लम्बिन थालेपछि विभागले आगामी वर्षदेखि मनसुनी क्यालेन्डर हेरफेर गर्ने तयारी गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारयता देशभर वर्षा भएको जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्