काठमाडौं – भारतीय केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री पासवानको केही समयअघि मात्रै मुटुको शल्यक्रिया गरिएको थियो ।
लामो समयदेखि बिरामी पासवानको दिल्लीस्थित फोर्टिस एस्कर्ट्स अस्पतालमा बिहीबार साँझ निधन भएको हो । पासवान विगत पाँच दशकदेखि भारतीय राजनीतिमा सक्रिय थिए । बिहारबाट राजनीतिमा उदाएका उनी दलित नेता थिए ।
उनी नरेन्द्र मोदीको सरकारमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए । प्रधानमन्त्री मोदीले उनको निधनमा ट्वीट मार्फत शोक व्यक्त गर्दै यो आफ्नो लागि व्यक्तिगत नोक्सान भएको र आफूले एक मित्र र सहकर्मीलाई गुमाएको उल्लेख गरेका छन् ।
पासवान सन् २००० मा स्थापना भएको लोक जनशक्ति पार्टीका संस्थापक अध्यक्ष थिए । १९ वर्ष पार्टीको नेतृत्व गरेका उनले गएको वर्षको नोभेम्बरमा पदबाट राजीनामा दिएर आफ्ना छोरा विधायक चिराग पासवानलाई नयाँ अध्यक्ष बनाएका थिए । -एजेन्सी
प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्