बुटवल-रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ११, देवीनगर र बुटवल १७, मोतपुरका पुरुष रहेका छन् । गत असोज २४ गते पिसिआर परिक्षणमा पोजेटिभ नतिजा आई कोरोना अस्पतालमा भर्ना गरिएका देवीनगरका ४७ वर्षीय पुरुषको बुधवार बिहान १ ः १० बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।
त्यस्तै, असोज २७ गते पोजेटिभ नतिजा आई अस्पताल ल्याईएका मोतीपुरका ८१ वर्षीय वृद्ध पुरुषको बुधवार बिहान ५ बजे मृत्यु भएको हो । उनमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत रहेका थिए ।
प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्