काठमाण्डौ
नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार नौ सय १७ पुगेको छ । बुधबार थप एक हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
६ हजार सात सय ३१ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ४२ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्