बिहीबार थपिए २ हजार १०३ जना काेराेना सङ्क्रमित, २ हजार ८५८ जना डिस्चार्ज

बिहीबार थपिए २ हजार १०३ जना काेराेना सङ्क्रमित, २ हजार ८५८ जना डिस्चार्ज

काठमाण्डौ
नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ । बिहीबार थप दुई हजार एक सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नौ हजार आठ सय पाँच जनाको नमुना परीक्षण गर्दा दुई हजार एक सय तीन जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय ५८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।

अब नेपालमा २८ हजार एक सय ६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात सय ६७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १७ सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय ७६ पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij