संसदीय दलको नेता बन्दै प्रचण्ड, संसद भवनमा बैठक

संसदीय दलको नेता बन्दै प्रचण्ड, संसद भवनमा बैठक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले विघटित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूको बैठक बोलाएको छ । बैठकले संसदीय दलको नेता चयन गर्ने बुझिएको छ ।

ययअघि सो समूहको मंगलबार बसेको केन्द्रिय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको थियो । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने जनाइएको छ ।

यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो । मंगलबार बसेको नेकपाको वहुमत केन्द्रीय कमिटी बैठकले विभिन्न १० वटा महत्पूर्ण निर्णय गरेको थियो ।

प्रकाशित मिति : बुधबार, पुष ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij