काठमाडाैं – भारतीय सेना र चीनियाँ सेनाबीच फेरि झडप भएकाे छ । सिक्किमकाे नाकुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप भएकाे हाे ।
सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘उत्तर सिक्किमकाे नाकुला क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच जनवरी २० मा झडप भएकाे थियाे । अहिले स्थिति सामान्य छ ।’ चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको भारतीय पक्षकाे दाबी छ ।
२० जनवरीमा घटेकाे घटनाकाे जानकारी सेनाले साेमबार दिएकाे हाे । समाचार एजेन्सी एपीएफले झडपमा दुवै पक्षका सैनिकहरू घाइते भएकाे उल्लेख गरेकाे छ । यद्यपी सेनाले भने यसबारेमा जानकारी दिएकाे छैन । चिनियाँ सैनिकहरूले उत्तर सिक्किमकाे नकुला सीमा पार गर्ने क्रममा झडप भएकाे बुझिएकाे छ ।
प्राप्त जानकारी अनुसार झडपमा २० चिनियाँ सैनिक र चार भारतीय सैनिक घाइते भएका छन् ।
लद्दाख नजिक विगत कयाैँ महिनादेखि जारी सीमा विवाद सुल्झाउन गएकाे आइतबार माल्दाे इलाकामा कमान्डर स्तरकाे ९औँ चरणको छलफल सकिएको छ । तर त्यहाँ झडप राेकिएकाे छैन, पटकपटक भइरहेकाे छ । यसअघिकाे झडपमा २० भारतीय सैनिक मारिएका थिए ।
प्रकाशित मिति : सोमबार, माघ १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्