जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

काठमाडाैं – इक्वेडरमा गत मङ्गलबार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् ।

मानवअधिकारवादी संस्थाले यस हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो ।

गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए । – (रासस/एएफपी)

प्रकाशित मिति : बिहिबार, फाल्गुन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij