बंगलादेशकी प्रधानमन्त्री हसिनामाथि बम आक्रमण गर्ने १४ जनालाई मृत्युदण्डको फैसला

बंगलादेशकी प्रधानमन्त्री हसिनामाथि बम आक्रमण गर्ने १४ जनालाई मृत्युदण्डको फैसला

ढाका – बंगलादेशी अदालतले प्रधानमन्त्री शेख हसिनालाई हत्याको प्रयास गर्ने १४ इस्लामिक चरमपन्थी लडाकूलाई मृत्युदण्डको फैसला सुनाएको छ । उनीहरूले सन् २००० मा प्रधानमन्त्री हसिनालाई हत्याको प्रयास गरेका थिए ।

हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा उनीहरूले बम आक्रमण गरेका थिए । ४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको ढाकाको स्पिडी ट्रायल ट्रिबुनल-१ का न्यायाधीश आबु जफर एमडी काम्रुज्जामनले बताए ।

उनीहरूमध्ये ९ जनालाई जेलबाट अदालतमा उपस्थित गराइएको उनले बताए । चौधै जना हर्कत उल जिहाद अल इस्लामी संगठनका लडाकु रहेको न्यायाधीशले बताएका छन् ।

प्रकाशित मिति : बुधबार, चैत्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij