काेराेना राेकथाम गर्न दिल्लीमा रात्रिकालीन कर्फ्यु

काेराेना राेकथाम गर्न दिल्लीमा रात्रिकालीन कर्फ्यु

काठमाण्डौं – कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा आजदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । राति दश बजेदेखि बिहान पाँच बजेसम्मका लागि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ । दिल्ली सरकारका अनुसार यो कर्फ्यु अप्रिल ३० सम्म लागू हुनेछ ।

सोमवार दिल्लीमा तीन हजार पाँच सय ४८ जना कोरोना सङ्क्रमित थपिएका थिए, त्यस्तै १५ जनाको ज्यान गएको थियो ।योसँगै दिल्लीमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ७९ हजार नौ सय ६२ पुगेको बीबीसीले जनाएको छ । अहिले दिल्लीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय ८९ रहेको छ ।

यद्यपि स्वास्थ्यकर्मीहरूका लागि रात्रिकालीन कर्फ्यु लागू नहुने दिल्ली सरकारले जनाएको छ । साथै एअरपोर्ट, रेल स्टेशन या बस स्टेशन जानेहरूले टिकट देखाउनुपर्नेछ । यस्तै अत्यावश्यक सेवामा पनि कर्फ्यु लागू नहुने जनाइएको छ । भारतमा केही हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढ्न थालेको छ । गएको २४ घण्टामा ९६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij